पोखरा उडेको गुण एयरको जहाज प्राविधिक समस्याका कारण फर्कियो काठमाडौँ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पोखरा उडेको गुण एयरको जहाज प्राविधिक समस्याका कारण फर्कियो काठमाडौँ


२ माघ २०७८, आइतबार


काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौँ फर्किएको छ ।

अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए ।

आकाशमै हवाई जहाजको ढोका खुलेपछि पुनः विमानस्थलमै फर्काइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस