प्रदेश २ को राजधानी जनकपुरधाम तोक्न दबाब « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश २ को राजधानी जनकपुरधाम तोक्न दबाब


२ माघ २०७८, आइतबार


जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममा बनाउन व्यवसायीहरूले दबाब दिएका छन् ।

जनकपुरधाम उद्योग बाणिज्य संघले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई राजधानी घोषणा गर्न माग गरेका हुन् ।

राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थाल्दा प्रदेशको आर्थिक विकासमा असर परिरहेकाले राजधानी तोकेर छिटो निकास दिनु जरुरी रहेको ज्ञापनमा उल्लेख गरिएको छ ।

प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, प्रदेशको जनताको पहुँचसमेतको दृष्टिले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ ठोस कदम चाल्न ज्ञापनमा आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए । उनले संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने बताए ।

संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले आफूहरुले ज्ञापन बुझाएको बताए । उनका अनुसार सबै राजनीतिक दलको संसदीय दलका नेतासमेतलाई ज्ञापन बुझाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस