कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एकजना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एकजना घाइते


२ माघ २०७८, आइतबार


काठमाडौँ । काठमाडौँको कलंकीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भने,मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौँको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा हिजो बेलुकी ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौँको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस