धनकुटामा टिपर दुर्घटना , चालक र परिचालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनकुटामा टिपर दुर्घटना , चालक र परिचालकको मृत्यु


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा आज (शुक्रबार) बिहान टिपर दुर्घटनामा परी चालक र परिचालकको मृत्यु भएको छ ।

टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।

धनकुटाबाट वसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । सो दुर्घटनामा चालक र परिचालकको च्यापिएर मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस