विद्युत् प्राधिकरणका सब-स्टेसन प्रमुख १ लाख ४० हजार घुससहित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् प्राधिकरणका सब-स्टेसन प्रमुख १ लाख ४० हजार घुससहित पक्राउ


२९ पुस २०७८, बिहिबार


अख्तियार

काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

ललितपुर सब-स्टेसनको प्रमुखका रूपमा कार्यरत(सुपरभाइजर, पाँचौँ तह)का सोम प्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पहाडीलाई घुस रकम लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

पक्राउ परेका पहाडीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रिसालले जनाएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस