धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाल धितो पत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ ।

अध्यक्षका लागि पहिलो पटक प्रकाशित सूचना विवादमा आएपछि दोस्रो पटक अध्यक्षको लागि आवेदन मागिएको थियो । आवेदन दिने अन्तिम दिन आज बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेहरूमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईँ, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सीताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल रहेका छन् ।

आवेदन दिनेहरूमध्ये चिरञ्जीवी चापागाईँ नेकपा माओवादी केन्द्रका हुन् भने रमेश कुमार हमाल नेपाली काँग्रेसको तर्फबाट रहेको र यी दुई जनामध्येबाट एक अध्यक्ष हुने सम्भावना रहेको स्रोत बताउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस