त्रिवि शिक्षण अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिवि शिक्षण अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६० जना चिकित्सक र कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार त्यहाँ कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनले भने, ‘अहिले उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । धरैलाई लक्षण देखिएको छैन । केहीलाई मात्रै लक्षणहरु छन् ।’

स्वास्थ्यकर्मीहरु बिरामी मार्फत कनट्र्याक्ट ट्रेसिङमा परेका थिए । चिकित्सकहरु कोरोना सङ्क्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

स्वास्थ्यकर्मीहरु यसरी नै प्रभावित भएपनि स्वास्थ्य प्रणालीमा ठुलो समस्या आउन सक्ने उनले बताए । चिकित्सकहरु सङ्क्रमित हुँदा ननकोभिड बिरामीहरूले पाउने सेवा समेत प्रभावित हुने उनको भनाई छ ।

त्यहाँ अहिले ३५ जनाभन्दा बढी कोरोना सङ्क्रमित उपचाररत रहेका छन् । डा. काफ्लेले गत साता भन्दा बिरामीको चाप पनि अस्पतालमा बढेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस