लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षाहरूसँग जोडिएका मुद्दाको बिहीबार सुनुवाइ सुरु भएको छ ।

हेर्न नमिल्ने भन्दै करिब चार महिनादेखि पटक पटक स्थगित मुद्दा सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।

लोक सेवा आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा लामो समयसम्म स्थगन हुँदै सयौँ परीक्षार्थिहरु त मारमा परेका छन् नै सोहीबारे परेका रिटहरूमाथि अदालतले दिएका अन्तरिम आदेशहरूले थप हजारौँ युवाहरूमा अन्यौलता सिर्जना भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोग दुबैका आ–आफ्ना कमजोरीको सिकार परीक्षार्थिहरुलाई बनाउनु हुँदैन । हजारौँ युवाहरूको भाग्य र भविष्यसँग जोडिएको विषयमा दायर रिटमाथि अदालतले प्राथमिकताका साथ सुनुवाइ टुङ्गोमा पुर्‍याउन सके करिब आधा दर्जन बढी परीक्षाहरू सुचारु हुने देखिन्छ ।

सम्बन्धित समाचार : लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी

Tags :
प्रतिक्रिया दिनुहोस