एमाले रौतहट अधिवेशन माघ १ मा हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले रौतहट अधिवेशन माघ १ मा हुने


२९ पुस २०७८, बिहिबार


रौतहट । नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन माघ १ गते हुने भएको छ ।

कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भइरहेको छ ।

‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भइरहेको छ ।’

एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहा बाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस