कोरोना नियन्त्रणमा सरकारले सबै संयन्त्र परिचालन गरेको छ : मन्त्री कार्की « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रणमा सरकारले सबै संयन्त्र परिचालन गरेको छ : मन्त्री कार्की


२९ पुस २०७८, बिहिबार


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना सङ्क्रमण नियन्त्रणमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका छन् ।

केही दिनयता कोरोना सङ्क्रमण दर बढेको भन्दै उनले यस्तो जानकारी गराएका हुन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी गराएका हुन् ।

‘पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ’, मन्त्री कार्कीले फेसबुकमा लेखेका छन्, ‘कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको र खोप अभियानलाई तीव्र बनाइएको उनको भनाइ छ । ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ’, मन्त्री कार्कीले भनेका छन्, ‘खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’

सञ्चारमन्त्री कार्कीले आम नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छन् । ‘म आम नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु’, उनले फेसबुकमा थप लेखेका छन् ।

पछिल्लो साता मात्र देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ९ प्रतिशतले बढेपछि बिहीबारबाट लागू हुने गरी सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । सङ्क्रमणको जोखिम बढेसँगै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस