सुनचाँदीको मूल्यमा वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्यमा वृद्धि


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ५ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस