आज देशभर आंशिकदेखि सामान्य बदली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज देशभर आंशिकदेखि सामान्य बदली


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ भने शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै महाशाखा अनुसार शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस