अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटमा परी दुई महिलाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटमा परी दुई महिलाको मृत्यु


२८ पुस २०७८, बुधबार


जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि गरेका छन् ।

ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलबार युद्धका अवशेषहरू विस्फोट हुँदा यो घटना भएको प्रान्तीय प्रहरी निर्देशनालयका बसिर जाबुलीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

स्रोतका अनुसार एक जना पीडितले नजिकैका पहाडहरूबाट दाउरा सङ्कलन गरेर गाउँमा स्क्र्याप धातुका रूपमा बेच्ने प्रयासमा युद्धका अवशेषहरु फेला पारेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस