त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थलमा भिजिटर पास बन्द


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ ।

अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक विदाई र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

यसअघि पनि कार्यालयले स्वागत र विदाईमा विमानस्थलमा नआउन आह्वान गरिरहेको थियो। तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस