सर्लाहीका सीडीओ र एसपी कोरोना संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सर्लाहीका सीडीओ र एसपी कोरोना संक्रमण


२७ पुस २०७८, मंगलबार


जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख एसपीलाई कोरोना संक्रमण भएको छ । आइतबार बेलुका स्वाब दिएका दुवैको रिपोर्ट सोमबार साँझ पोजेटिभ आएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा कोरोना देखिएपछि दुवै जना आ–आफ्नो निवासमा आइसोलेट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गौतमलाई सामान्य रुघाखोकी लागेपछि परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको कोरोना ल्याबमा स्वाब दिएका थिए । एसपी प्रसाईंले प्रायः प्रजिअसँगै रहनुपरेका कारण उनले पनि स्वाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा पनि संक्रमित भई निको भएका थिए । कोरोना संक्रमण भएका दुवै जना जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस