नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन


२५ पुस २०७८, आइतबार


रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुन्चेमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन्। यसै गरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ ।

जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनीत गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस