विवेकशील साझाले गर्‍यो महाकाली-मेची अभियान स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवेकशील साझाले गर्‍यो महाकाली-मेची अभियान स्थगित


२५ पुस २०७८, आइतबार


काठमाडौँ। विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको महाकाली-मेची राष्ट्रिय एकता अभियान स्थगित गरेको छ ।

पछिल्लो समयमा कोरोना सङ्क्रमण निकै बढेको कारण ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ स्थगित गरिएको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका हुन् ।

प्रवक्ता पाठकद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ,’पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा र उठबस गर्दा सबै जना सङ्क्रमित हुन सक्ने जनस्वास्थ्य विज्ञहरूको सुझाव, उपचारमा आइपर्ने ठुलो आर्थिक भार एवम् यात्राका क्रममा भेटिने सदस्य, शुभेच्छुक तथा आम नागरिकमा समेत सङ्क्रमण फैलन सक्ने जोखिमलाई गम्भीरतापूर्वक मनन गर्दै यात्रा स्थगित गरिएको हो। ‘

कञ्चनपुरबाट पुस २७ गते सुरु गरी माघ १६ गते शहीद दिवसको दिन झापामा अन्त्य गर्ने गरी साझाले तयारी गरेको थियो । कोरोना सहज भएपछि अनुकूल समय पारेर स्थगित ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’को आयोजना गरिने साझा पार्टीले जनाएको छ ।

यात्रा स्थगित भएता पनि पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने साझाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस