७३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम पनि दोब्बर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

७३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम पनि दोब्बर


२५ पुस २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ७३ अङ्कले बढेको छ । ७३.०१ अङ्कले बढेसँगै परिसूचक २७६५ अङ्कमा पुगेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम झन्डै दोब्बर भएको छ । बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ७ अर्ब १० करोड पुगेको छ ।

सबै उपसमूहमा उल्लेख्य वृद्धि भएको छ । बैङ्किङ ३५, विकास बैङ्क २५७, फाइनान्स ११५, होटल तथा पर्यटन ५, जलविद्युत १४८, लगानी ३, जीवन बीमा २९५, उत्पादन १३६, माइक्रोफाइनान्स ७०, निर्जीवन बीमा ३७९, अन्य ६२ र व्यापार उपसमूह १७१ अङ्कले बढेका छन् ।

१८३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको घट्यो । नेपाल हाइड्रो डेभलपर्स र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशतले बढ्यो । युनियन हाइड्रोपावर, मध्य भोटेकोसीको मूल्य ९.९ प्रतिशतले बढ्यो ।

न्यादी हाइड्रोको मूल्य ९.४ प्रतिशतले बढ्यो । कारोबारका आधारमा अपी पावर, प्रभु बैङ्क, माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस