२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी

अ+ अ-

पाल्पा । पाल्पाका होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ ।

खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ ।

सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको जनाइएको छ ।

तानसेन नगरपालिको गौणे पुलदेखि प्रभाषसम्म २४ होटल तथा रेष्टुरेण्टमा खाने तेलको परीक्षण गरेको थियो ।

अनुगमन गर्दा तीन होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि रहेको भेटिएको थियो, जस्लाई नेपाल सरकारले मान्यता दिएको छैन । त्यस्ता वस्तुलाई जफत गरी स्थानीय प्रशासनले नियन्त्रणमा लिनाका साथै खान योग्य तेल प्रयोग गर्न सचेत गराएको थियो ।

टोटल पोलार मटेरियल बढी रहेका करिब छ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेकोे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताए ।

यसैगरी तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरु लागि प्रयोग गरिएको मसीको रसायनले खाद्य वस्तुलाई असर गर्ने भएकाले त्यस्ता बस्तुको सेवनले पनि मानव स्वास्थ्यलाई हानिकार हुने प्रमुख श्रेष्ठले बताए ।

जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि सरोज शाक्यले व्यवसायीलाई गुणस्तरीय बस्तु प्रयोग गरी किनबेच गर्न अनुरोध गरे ।