आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


२५ पुस २०७८, आइतबार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू/भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस