जनप्रशासन सङ्घको अध्यक्षमा पुनः पूर्वसचिव बास्कोटा, महासचिवमा सहसचिव निरौला « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

जनप्रशासन सङ्घको अध्यक्षमा पुनः पूर्वसचिव बास्कोटा, महासचिवमा सहसचिव निरौला


२४ पुस २०७८, शनिबार


काठमाडौँ । नेपाल जनप्रशासन सङ्घको अध्यक्षमा पूर्वसचिव कृष्णहरि बास्कोटा चयन भएका छन्

सङ्घको शनिवार सम्पन्न साधारणसभाले पूर्वसचिव वॅास्कोटा लाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा प्राध्यापक यशोदा काफ्ले, कोषाध्यक्षमा दिलीपराज पौडेल र अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् भने संस्थापक सदस्यमा प्राध्यापक डा. चूडाराज उप्रेती पुनः चयन भएका छन् । उप्रेतीले तीन पटक संस्थाको नेतृत्व सम्हालिसकेका छन् ।

महासचिव र सचिव पदमा उम्मेदवारहरूबिच सहमति कायम हुन नसकेपछि निर्वाचन भएको छ । तीन जना प्रतिस्पर्धिरहेको महासचिवमा गृह मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद निरौला २३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व उपसचिव डा. मीन बहादुर पौडेल क्षेत्रीले १० मत र जनप्रशासन क्याम्पसका प्राध्यापक डा. नरेन्द्रराज पौडेलले ७ मत ल्याएका थिए ।

यस्तै सचिवमा पनि ३ जनाबिच प्रतिस्पर्धा भएकोमा प्रा. सुभाष शर्मा र पूर्व सचिव सरोज खनालको १६–१६ बराबर मत आएपछि गोला प्रथाबाट सुभाष निर्वाचित भएका छन् । अघिल्लो साधरणसभामा पनि यिनै दुई जनाबिच भएको प्रतिस्पर्धामा सरोज गोलाबाटै चुनिएका थिए। अर्का उम्मेदवार पूर्व उपसचिव ईश्वरराज रेग्मीले भने ७ मत ल्याएर चित्त बुझाउनु परेको छ ।

२०४८ सालमा जनप्रशासनतर्फ स्नातकोत्तर अध्ययन पास गरेकाहरूबाट स्थापित यो संस्थाले सार्वजनिक व्यवस्थापनको क्षेत्रमा थिंक ट्याङ्कको रूपमा काम गर्दै आएको छ । संस्थाको संस्थापक संयोजक स्व. सूर्यलाल अमात्य रहेका थिए भने पछि पूर्व मन्त्री विध्याधर मल्लिक, पूर्वसचिव कृष्ण ज्ञवाली, प्रा. गोविन्द ढकाल, प्रा.टेकनाथ ढकालले नेतृत्व गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस