एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन


२४ पुस २०७८, शनिबार


देउखुरी । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्वाचित भएका छन् । एमालेको १३औँ जिल्ला अधिवेशनले अध्यक्षमा बस्नेतसहित १२१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी तीनवर्षे कार्यकालका लागि पदाधिकारी चयन गरिएको एमाले दाङले जनाएको छ । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुनः निर्वाचित भएका छन् । सचिव बुढाथोकी र उपसचिव भुसालबाहेक अन्य पदमा नयाँ अनुहार आएको बताइएको छ । दाङका १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ सदस्य पदमा नेतृत्व चयन गरिएको छ ।

समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपाङ्गता, महिला, पिछडिएको वर्ग अल्पसङ्ख्यकबाट ३० सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ गरी जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिए ।

कूल १३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जनापछि मनोनित गरिने भएको छ । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस