सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीमा प्रष्ट दृष्टिकोण रहेको– अध्यक्ष नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीमा प्रष्ट दृष्टिकोण रहेको– अध्यक्ष नेपाल


२४ पुस २०७८, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताएका छन् । पार्टी निकट बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनमा उनले विज्ञान र प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

मानव संशाधन विकासका लागि बुद्धिजीवी वर्गको ठूलो भूमिका रहने विचार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पूर्वाधार विकास, पर्यटन, जलविद्युत र उद्योगका क्षेत्रमा सरकारले लगानी वृद्धि गरेमा ठूलो सङ्ख्यामा रोजगारी बढ्ने बताए । उनले राष्ट्रको प्रतिष्ठा उठाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले वडा तथा स्थानीय तहदेखि नै निर्माण प्रक्रियामा सुक्ष्मरुपमा नियमन गर्नुपर्ने बताए । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस