बर्दियामा चोरीका क्यामरासहित २ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बर्दियामा चोरीका क्यामरासहित २ जना पक्राउ


२४ पुस २०७८, शनिबार


गुलरिया । प्रहरीले चोरीका क्यामरासहित २ जनालाई नियन्त्रणमा लिएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ तिलकाना स्थित कमलनाथ सुवेदीको घरबाट क्यामरासहितका सामान चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

बाँसगढी नगरपालिका वडा नम्बर ८ ककौरा निवासी १९ वर्षीय दिपेश पौडेल र वडा नम्वर ४ का १९ वर्षीय निरज कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

उनीहरुको साथबाट क्यानोन ७०० डी क्यामेरा १ थान, सोही क्यामेराको ७०–३०० एमएम लेन्स १ थान, १८–५५ लेन्स १ थान, क्यानोन लेखिएको झोला १ थान, ब्याट्री पावर ब्यांक १ थान, शामसुंग जे २ मोबाइल १ थान बरामद गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस