एमाले दाङको अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

एमाले दाङको अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित


२४ पुस २०७८, शनिबार


दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

१३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।

जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे चयन, सचिवमा मनोहर बुढाथोकी, उप–सचिवमा कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अधिवेशनमा एक हजार ६०० प्रतिनिधि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस