आइतबारदेखि काठमाडौँका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र सेवा लिन सकिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइतबारदेखि काठमाडौँका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र सेवा लिन सकिने


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौँका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।

राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायत ठाउँमा ठूलो भीड लाग्ने गरेको थियो । राष्ट्रिय परिचयपत्र लिन काठमाडौँमा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले जानकारी दिए ।

विभागले आज (शुक्रबार) एक सुचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइनसकेकोले राहदानी बनाउन काठमाडौं आउने नागरिकको हित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर(साविकको राहदानी विभाग)मा व्यवस्था गरिएको निर्देशक बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस