कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएका मागपत्रको समय छ महिना थपियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएका मागपत्रको समय छ महिना थपियो


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । । वैदेशिक रोजगारीका लागि मागपत्र आएर पनि कोरोनाका कारण जान नपाएका ३० हजारभन्दा बढी मागपत्रको पुनः छ महिना समय थप गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता देशबाट दुई वर्ष (२०७६ फागुन)अघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको समय थप गरेका हुन् ।

वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार छ महिना समय थप गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका माग पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना श्रमिक पठाउन पाउने गरी समय थप गरिएको श्रममन्त्री श्रेष्ठले जानकारी दिए । यी मागपत्रमा समय थप गरिएसँगै ३० हजार नेपाली युवाले विदेशमा रोजगारी प्राप्त गर्ने उनको भनाइ छ ।

मन्त्रालयका अनुसार समय थप गरिएका मागपत्र खाडीका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कुवेत, मलेसियालगायतका देशका माग रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस