सहुलियत लिन समयमै आयकरको किस्ता दाखिला गर्न वित्तीय संस्थाहरूलाई ठुला करदाताको अनुरोध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सहुलियत लिन समयमै आयकरको किस्ता दाखिला गर्न वित्तीय संस्थाहरूलाई ठुला करदाताको अनुरोध


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । ठुला करदाता कार्यालय, ललितपुरले सुविधा तथा सहुलियत लिन समयमै आयकरको किस्ता दाखिला गर्न बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरूलाई अनुरोध गरेको छ ।

कार्यालय र विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरू बिच बिहीबार आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख कर प्रशासक शिवलाल तिवारीले सो अनुरोध गरेका हुन् । छलफलमा आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधाहरूको विषय र पौष मसान्त भित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर बापतको रकम दाखिला गर्न कार्यालयले स्मरण गराएको थियो ।

बैङ्क तथा वित्तीय संस्थाहरूको तर्फबाट कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारी बारेमा आ–आफ्नो धारणा राखेका थिए । उनीहरूका धारणाको सम्बन्धमा सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले जवाफ दिएका थिए ।

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, वित्त प्रमुख र प्रतिनिधि एवम् ठुला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतहरू तथा कर अधिकृतहरूको सहभागिता रहेको थियो ।

यस्ता छन् आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट सुविधाहरू

Tags :
प्रतिक्रिया दिनुहोस