सुनचाँदीको मूल्यमा गिरावट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्यमा गिरावट


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बुधबार) प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस