आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रवार प्रदेश १ र २ का एक९दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस