कोटेश्वरबाट सालकको खपटासहित दुई जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोटेश्वरबाट सालकको खपटासहित दुई जना पक्राउ


२१ पुस २०७८, बुधबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (अखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-४ लाखुरेका ४० वर्षका रुक्मणबहादुर बुर्जामगर र पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ घर भई अहिले काठमाडौँको टोखा बस्दै आएका २७ वर्षका भविन्द्रबहादुर मगर रहेका ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । उनीहरुबाट साढे एक केजी खपटा बरामद गरिएको छ ।

ब्युरोलाई कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको अखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको सीआईबीले बताएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस