मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


२१ पुस २०७८, बुधबार


नेपाली काँग्रेस

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण र आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकले विभिन्न मन्त्रालयका एजेन्डाका साथै एक सचिव बढुवा गर्ने र तीन सचिवको दरबन्दी थप्ने विषयमा निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस