सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभापतिलाई गोली हान्ने धम्की दिएका एसपी पाण्डे निलम्बन


२१ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।

सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यरात यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालय, नक्सालले निलम्बन गरेको हो। पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रशासनलाई जानकारी दिए।

यादव र पाण्डेबिच व्यक्ति पक्राउको विषयमा विवाद भएपछि पाण्डे पेस्तोल बोकेर राति यादवको घर गएको घटना बाहिरिएसँगै उनलाई हेड क्वाटर तानिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस