पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जना कोरोना सङ्क्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजेटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९८ पुगेको छ ।

त्यस्तै आज २५५ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोभिड १९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस