ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह


१८ पुस २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ (कोरोना) को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ ।

महाशाखाले आज (आइतबार) एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ ।

विगतमा जस्तै ‘केस’हरू बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन सूचनामा आग्रह गरिएको छ ।

त्यस्तै, महाशाखाले सीमा नाकामा रहेका प्रवेश विन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस