शान्तिपूर्ण आन्दोलनमा दमन भयो : सीके राउत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शान्तिपूर्ण आन्दोलनमा दमन भयो : सीके राउत


१८ पुस २०७८, आइतबार


धनुषा । जनमत पार्टीका अध्यक्ष सीके राउतले शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले दमन गरेको बताएका छन् ।

शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले गोली चलाएका छन्, अध्यक्ष राउतले भने, ‘शान्तिपूर्ण आन्दोलनमा दमन भयो । किसानको आन्दोलन थप सशक्त हुन्छ ।’

धनुषाको गोदारमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्तालाई भेट्न अस्पताल पुगेका राउतले भने, प्रहरीले प्लास्टिकको गोलीसँगै अन्य गोली प्रयोग गरेको छ । उनले क्रूर दमन बन्द नभए किसान आन्दोलन नयाँ ढङ्गले अघि बढ्ने बताए ।

प्रहरीलाई अनुरोध गरेर २ घण्टा राजमार्गमा धर्ना बसेका कार्यकर्तामाथि प्रहरीले नश्लीय दम्भ देखाएको छु, राउतले भने, काठमाडौँको अराजक आन्दोलनमा पानीले भिड नियन्त्रण गर्ने र मधेसमा सामान्य आन्दोलनमा पनि गोली हान्ने ? यो मधेससँगको नश्लीय विभेद हो ।’

धनुषाको गोदारमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरी धर्ना बसेका जनमत पार्टीका कार्यकर्तालाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ । झडपमा जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् ।

झडपको क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर सहिद नगरपालिका–१ का २५ वर्षीय विजय यादव र जनकनन्दनी गाउँपालिका–४ खजुरीका २२ वर्षीय बैजनाथ यादव घाइते भएका छन् ।

प्रहरीको लाठी चार्जबाट सबैला नगरपालिका–१ का संजयकुमार साह, कमला नगरपालिका–८ का २८ वर्षीय नथुनी यादव र विदेश नगरपालिका–५ का रामदयाल मुखिया घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

झडपमा ८ जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडप नियन्त्रण लिन प्रहरीले ११ राउन्ड प्लास्टिकको गोली र १६ सेल आश्रुग्यास प्रहार गरिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस