माओवादीको बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादीको बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित


१७ पुस २०७८, शनिबार


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र भोली (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको हो ।

आज(शनिबार) रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताए ।

शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो । एक नेताका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस