२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताको आर्थिक हैसियत चुलिए पनि जनताको स्थिति उस्तै छ : विजय सुब्बा

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताएका छन् । कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उनले जहाँबाट जुनसुकै स्रोतबाट आए पनि तोकिएको अवधिभित्र लगानी गर्नेलाई छुट दिनेगरी बनाइएको नीति एमसिसीभन्दा कैयौँगुणा खतरनाक भएको जिकिर गरे।

नेता सुब्बाले भने, ‘देश र जनताका पक्षमा इमान्दार भएर काम गर्ने गुरुङ वामपन्थी र प्रगतिशील आन्दोलनका जर्नेल हुनुहुन्थ्यो, मुलुकमा सोचेअनुरुपको परिवर्तन अझै हुन सकेको छैन, नेताको आर्थिक हैसियत चुलिएको छ तर जनता भने उस्तै छन् ।’

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले भने,’सच्चा कम्युनिष्टको छवि बनाउनुभएका र जनताको समृद्धि तथा देशको स्वाधीनताका लागि मात्रै अहोरात्र योगदान दिने गुरुङ सर्वहाराको मुक्तिका लागि लडेको क्रान्तिकारी व्यक्ति थिए ।’

तेह्रथुमको आम्बुङमा २००७ भदौमा जन्मिएका गुरुङले त्यस क्षेत्रको शिक्षाको उन्नयनमा ठूलो योगदान पुर्‍याउनु भएको स्मृतिसभामा सहभागी वक्ताले स्मरण गरे । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा विद्यार्थीकालदेखि नै संलग्न गुरुङले पटकपटक गरी दशौँ पटकसम्म हिरासत र जेल जीवन बिताउन परेको थियो ।

गुरुङका सहयात्री कृष्ण सुब्बा, धीरेन्द्र उपाध्याय, छोरा खिलेन्द्र गुरुङलगायत वक्ताले उहाँको राष्ट्रियता र जनजीविकाको सवालमा मात्र होइन, राजनीतिक मूल्य, मान्यता, सादा जीवन, इमान्दारिता र उच्च अनुशासनको चर्चा गरे ।नेकपा (एमाले), नेकपा (माले)हुँदै जीवनको उत्तराद्र्धमा नेकपा माओवादीमा क्रियाशील गुरुङ नेकपाका केन्द्रीय सदस्य थिए । युवालाई उद्यमी बन्न र आत्मनिर्भर हुन सधैँ प्रेरित गर्ने गुरुङका परिवारले उहाँले अध्ययन/अध्यापन गरेको विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोष स्थापना गर्ने जानकारी दिए । अघिल्लो वर्ष पुस ७ गते कोभिड–१९ को सङ्क्रमणबाट उनको निधन भएको थियो ।