लागूऔषधसहित एक जना युवक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागूऔषधसहित एक जना युवक पक्राउ


१७ पुस २०७८, शनिबार


पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट लागूऔषध ल्याएर आउँदै गरेको अवस्थामा एक जना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले नेपाल–भारत सीमास्थित डोकेबजारमा स्थापना गरेको चेक प्वाइन्टबाट खटिएको टोलीले चेकजाँचका क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–६ जाई बस्ने १९ वर्षिय प्रेम ऐर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले जनाएको छ ।

उनको झोलाबाट ७८ ग्राम खैरो हिरोइन, ४ ट्यावलेट नाईट्रोभेट, दुुई वटा मोबाइल, दुुई हजार सात सय भारतीय रुपैयाँ, तीन वटा घडीलगायत बरामद गरिएको छ ।

ऐरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुुवन बस्तीको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस