२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२१ मा केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अलमल्याउने काम गरे: ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अलमल्याउने काम गरेको बताएका छन् ।

उनले मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेको र विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको गुनासो पनि गरेका छन् ।

नयाँ वर्ष सन् २०२२ को शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो गुनासो गरेका हुन् । तत्कालीन एमाले सरकारले मुलुकबाट गुमाइएको भू–भाग फिर्ता गर्न प्रयास गरिरहेको तथा असाधारण विकास अभियान चलाइरहेको बेला यस राज्यका विभिन्न अङ्गहरूलाई दुरुपयोग गरी यसमा अवरोध पुर्‍याइएको उनको आरोप छ ।

‘यसै वर्ष एमालेलाई जालझेलपूर्ण तरिकाले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धीलाई समस्याका रूपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य र गन्तव्यहीन प्रवृत्ति देखिए ।

आफ्नो पार्टी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेको भन्दै ओलीले यसका लागि सुस्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।

‘मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्ति र समूहहरूका निजी दुराकांक्षाहरुले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको यस साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा एमाले अविचलित निष्ठासाथ अघि बढिरहेको छ,’ ओलीले भनेका छन् ।

नेपालीको नयाँ वर्ष वैशाख १ मा मनाइने भए पनि आज अधिकांश देशमा प्रचलनमा रहेको हुँदा जनवरी १ लाई अन्तर्राष्ट्रिय नयाँ वर्षकोरुपमा मनाउने गरिएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।