फेरिए सडक विभागको महानिर्देशक « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

फेरिए सडक विभागको महानिर्देशक


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागको महानिर्देशक परिवर्तन गरेको छ।

बुधवारको मन्त्रीस्तरीय बैठकले महानिर्देशक ई. अर्जुन जङ्ग थापालाई हटाएर ई. शिवहरि सापकोटा नियुक्त गरेको हो।

काम गर्न खोज्ने तर फराकिलो दायरा(महानिर्देशक) जस्तो काम गर्न नसकेपछि थापालाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ । त्यति मात्रै होइन, निर्णायक क्षमतामा कमजोरसमेत मानिने थापाले पछिल्लो फोनसमेत नउठाएर बस्ने गरेका विभाग तथा मन्त्रालयकै कर्मचारीको भनाई छ । ‘आफै काम गर्न नसक्ने अनि कामै गर्न दिएन भनेर भाग्दै हिँड्नु भयो’ एक कर्मचारीले भने ‘कम्मल ओढेर घिउ खाने प्रवृत्तिले विभाग निरीह जस्तै बनेको थियो ।’

उनले विभागमै रहन ठुलै कसरत गरेपछि थमौती हुन सकेन ।

त्यसो त चार महिनापछि अनिवार्य अवकाशमा जान लागेका सापकोटाले पनि ठुलै रकम बुझाएर महानिर्देशक बनेको चर्चा मन्त्रालयमा छ । पछिल्लो समय जिम्मेवारीका लागि टेन्डर नै हाल्नु पर्ने अवस्था रहेको मन्त्रालयले नयाँ मन्त्री आएदेखि सो क्रमलाई तीव्रता दिएको बताइन्छ ।

सेटिङमा काम गर्न माहिर सचिव ई. रवीन्द्र नाथ श्रेष्ठलाई नै मात खुवाउने गरी आएकी मन्त्री रेणुकुमारी यादवले एक जना ठेकेदार राज किशोर गुप्तामार्फत ठुलो रकम असुलेर कर्मचारी खटन पटन भइरहेको प्रशासन सिंहदरवार ब्युरोलाई जानकारी प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस