हरर विषयमा आधारित ‘कठपुतली’ फिल्म आजदेखि देशभरका हलमा प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हरर विषयमा आधारित ‘कठपुतली’ फिल्म आजदेखि देशभरका हलमा प्रदर्शन


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । हरर विषयमा निर्माण भएको ‘कठपुतली’ फिल्म आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ । फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

‘चपली हाइट ३’ फिल्म अन्तिम समयमा सरेपछि ‘कठपुतली’ ले एकल प्रदर्शनको अवसर पाएको हो । यो फिल्म हिजो (बिहीबार)बाट रिलिजमा आउने भनिएको थियो ।

भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।

पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायाङ्कन गरेका हुन् । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस