त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु, चार वटा जहाज डाइभर्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु, चार वटा जहाज डाइभर्ट


१६ पुस २०७८, शुक्रबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुगेर बन्द भएको विमानस्थल केही बेर अघि खुलेको हो ।

विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यस क्रममा कतारको दोहाबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ।

यसअघि बिहानै आएका चार वटा जहाजलाई भने डाइभर्ट गरिएको छ। सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो।

तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कलकत्तामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

फ्लाइ दुबईको जहाजलाई कलकत्ता डाइभर्ट गरियो भने साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स, कुवेतबाट आएको जजिरा एयरलाइन्स र दोहाबाट आएको हिमालय एयरलाइन्सलाई ढाका डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको थियो।

यस्तै आन्तरिक तर्फको उडान पनि क्रमशः खुलेको छ। विमानस्थल खुलेसँगै आन्तरिक सेवा प्रदायकहरूले उडानको तयारी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस