अनुदानको मलमा कालोबजारी गर्न खोज्ने दुई जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनुदानको मलमा कालोबजारी गर्न खोज्ने दुई जना पक्राउ


१६ पुस २०७८, शुक्रबार


पक्राउ

रुपन्देही । प्युठान प्रहरीले किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई पक्राउ गरेको छ।

प्युठान नगरपालिका-९ मरन्ठानाको दीर्घायु कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका-३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् ।

उनीहरुले गत मंगलबार राति सहकारीका लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि ल्याउँदै गर्दा प्युठान-८ बाग्दुलाबाट मलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस