प्रधानमन्त्री देउवासँग डा. गोविन्द केसीको भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवासँग डा. गोविन्द केसीको भेट


१६ पुस २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग डा. गोविन्द केसीले भेटेर शिक्षा र स्वास्थ्यलगायत विभिन्न मागबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (बिहीबार) डा. केसीलगायतको टोलीले उनलाई भेटेर शिक्षा, स्वास्थ्य, बिपी स्वास्थ्य प्रतिष्ठान, सर्वोच्च अदालत र निर्मला कुर्मीलाई न्यायलगायत विषयमा ध्यानाकर्षण गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले डा. केसीका जायज माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता जनाएका थिए । डा. केसीले बिपी प्रतिष्ठानका अनियमिततामा मुछिएका पदाधिकारीलाई कारबाही गर्नुपर्ने, सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि पहलकदमी लिनुपर्ने, निर्मला कुर्मी हत्या प्रकरणको प्रभावकारी अनुसन्धान गर्नुपर्ने, निजी मेडिकल कलेजले विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त शुल्क लिएको समाचार आएकाले त्यस्तो कार्य रोक्नुपर्ने, प्रत्येक विश्वविद्यालयमा सरकारी मेडिकल कलेज खोल्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्माण सम्पन्न भएका कलेजको हकमा पढाई सुरु गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

भेटमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, अधिवक्ताहरु ओमप्रकाश अर्याल र अधिकारकर्मी मोहना अन्सारीलगायत उपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस