२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवसेवा आश्रमलाई बोलीमा होइन व्यवहारमा सहयोग गर्छु : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानवसेवा आश्रमलाई बोलीमा नभई व्यवहारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा हिजो (बिहीबार) वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भोजन जुटाउन भजन सन्ध्या’ कार्यक्रममा उनले सरकारले तत्काल जग्गा उपलब्ध गर्न नसक्ने तर बजेट प्राथमिकता राखेर मद्दत गर्ने बताए ।

‘हामीले दिने चालु आवमा रु १५ लाखले तपाईँको समस्या समाधान हुँदैन । यसमा थप्नुपर्ने कति हो निवेदन ल्याएर आउनुस् सहयोग गर्छु’, उनले भने, ‘तपाईंहरुलाई मैले प्रदेश सरकारको नाम भजाइराख्नुपर्ने अवस्था बनाउने छैन ।’

सरकारले गर्ने काम मानवसेवा आश्रमले गरेर सहयोग गरेकोप्रति प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले मानवता प्रवर्द्धन अभियानलाई अघि बढाउने गरी प्रदेश सरकारले नीति ल्याएको जनाए ।

उनले बुद्धको देशमा शान्ति हराउँदै गएको बेला मानवसेवा आश्रमले मानवता प्रवर्द्धन अभियान बढाएर कर्णाली प्रदेश सरकारले सहयोग पुर्‍याएको प्रतिक्रिया दिए ।

मानवसेवा आश्रमका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सृजना ओलीले आश्रमको आव २०७७/७८ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

‘मानवसेवाको क्रममा हामीले मनोरोगी, बेवारिसे व्यक्तिहरुलाई उद्धार गरी हालसम्म २५६ जनालाई सेवा प्रदान गरेका छौँ’, उनले भनिन्, ‘त्यसमा ११४ जनालाई पारिवारिक पुनर्मिलन, २३ जनालाई सामुदायिक पुनः स्थापना, ४८ जनालाई स्वेच्छाले घर पठाइएको छ ।’

आश्रमको संरक्षणमा रहँदा भने १८ जनाको मृत्यु भएको बताउँदै संयोजक ओलीले आश्रममा हाल ७४ जना आश्रित रहेको र १६ जनालाई पुनः उद्धार गरिएको जनाइन् । आश्रमका सुमा रावलले आव २०७७/७८ मा रु ६० लाख ६५ हजार ७७४ आम्दानी भएकोमा रु ५० लाख ५५ हजार ६५७ खर्च भएको बताइन् । उनका अनुसार स्थिर पुँजी रु १२ लाख २५ हजार ९४३ रहेको छ ।

‘भोजन जुटाउन भजन सन्ध्या’ कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, सुर्खेतका स्थानीय तहका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको थियो ।