सहमति र दरबन्दी बिना पठाएको भन्दै नगर प्रमुखले फिर्ता गरे आलेप सहायक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहमति र दरबन्दी बिना पठाएको भन्दै नगर प्रमुखले फिर्ता गरे आलेप सहायक


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले प्रशासन सेवा लेखा समूहका आलेप सहायक पाँचौँ मदनबहादुर बुढालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै फिर्ता पठाएका छन् ।

दरबन्दी नभएको तथा कार्यालयको सहमति बिना नै कर्मचारी खटाउने कार्य कर्मचारी समायोजन ऐन, २०७५ र स्थानीय सरकार सञ्चालन ऐन विपरीत भएको भन्दै मेयर भण्डारीले बुढालाई कार्यालयमा हाजिर नगराई फिर्ता पठाएका हुन् । मन्त्रालयले मङ्सिर २० गते अर्को व्यवस्था नभएसम्मका लागि भन्दै बुढालाई कामकाज गर्न पठाएको थियो ।

नगरपालिकामा छैटौँको मात्रै दरबन्दी भएको र पाँचौँ पठाएकोले आफूले हाजिर नगराई फिर्ता पठाएको नगर प्रमुख भण्डारीको भनाई छ । नगरपालिकामा आलेप छैटौँका दरबन्दी हुन्छ, पाँचौँको हुन्न भण्डारीले भने, अफिसरको दरबन्दी भएको ठाउँमा किन पाँचौँलाई गर्ने त ?

त्यही भएको अफिसरलाई नगर सभाले प्रस्ताव गरेकोसमेत उनले बताए । निजामती कर्मचारीको सरुवा गर्दा दोहोरो सहमतिका आधारमा सरुवा गर्ने गरेको बताउँदै आफ्नो सहमति नै नभएको कर्मचारीलाई हाजिर नगराएकोसमेत उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस