चिलीमा सडक दुर्घटनामा परी ९ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिलीमा सडक दुर्घटनामा परी ९ जनाको मृत्यु


१५ पुस २०७८, बिहिबार


सान्टियागो । मध्य चिलीको ओुहिगिन्स क्षेत्रको प्युमो सहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको छ ।

ओुहिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठुलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ ।

घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए। हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको , प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् ।

चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस