२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

अ+ अ-

देउखुरी । दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए ।

हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ ।

बुधबार बसेको कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताए।

तीन ठाउँबाट कोरोनाविरुद्धको जोनसोन खोप लगाइनेछ । दाङमा तीन लाख ३० हजार ७४१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

घोराही उपमहानगरपालिकाले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै छ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ । यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो ।

पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । अठतीस हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उनको भनाइ थियो ।

वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायकपर्ने ठाउँमा खोप केन्द्र खेलेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म एक लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुवै डोज खोप लगाएको जनाइएको छ ।