संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा म्यानमार हत्याको निन्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदद्वारा म्यानमार हत्याको निन्दा


१५ पुस २०७८, बिहिबार


न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तीमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ।

राजदूतहरूले एक विज्ञप्तिमा जबाफदेहिता र सबै हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन् ।

साथै उनीहरूले आवश्यकतामा परेका सबै मानिसहरूको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच, मानवीय र चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन्।

राजदूतहरूले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक सङ्क्रमणप्रतिको समर्थनलाई पुनः दोहोर्‍याएका छन्।

विश्वसनीय रिपोर्टहरूका अनुसार दुई १७ वर्षीय किशोरहरू, एक किशोरी र करिब पाँच वर्षको बच्चा सहित चार बालबालिकाको मृत्यु भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस